राजनीति

बागमती प्रदेशका मन्त्री र सचिव तीनदिनदेखि नेपालथोकमा अलपत्र

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र प्रदेशका सचिव पूर्णबहादुर दर्जी सिन्धुलीको नेपालथोकमा अपलत्र पर्नुभएको छ ।

प्रदेश सरकारको औपचारिक कार्यक्रमका लागि सिन्धुली पुग्नुभएका मन्त्री लामिछाने र सचिव दर्जी बाढी पहिरोका कारण सडक अवरुद्ध बनेपछि तीन दिनदेखि अलपत्र बन्नुभएको छ ।

गत बिहीबार प्रदेश सरकारले सिन्धुलीको भिमानमा निर्माण गर्न लागेको अत्याधुनिक सुरक्षा जाँच चौकीको प्रस्तावित निर्माण स्थलको अवलोकन र स्थानीय सरोकारवालासँग छलफलका साथ शुक्रबार सिन्धुलीमा नै नव–निर्मित प्रहरी चौकी हर्षाहीको भवन मन्त्री लामिछानेले उद्घाटन गर्नुभएको थियो ।

मन्त्री लामिछानेले प्रहरी चौकी उद्घाटन गरी काठमाडौँ फर्कने क्रममा प्रहरीले बाढी पहिरोका कारण जोखिम रहेको भन्दै रोकेपछि उहाँहरु अलपत्र पर्नुभएको हो ।

मन्त्री लामिछाने, प्रदेश सचिव दर्जीसहित आठ जनाको टोली काठमाडौँ जाने र सिन्धुली बजारतर्फ आउने दुवै मार्ग बाढी पहिरोले अवरुद्ध बनेपछि शनिबारबाट नेपालथोकस्थित एक होटलमा बस्दै आउनुभएको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका लामिछानेले सिन्धुली बजारतर्फ फर्कने र काठमाडौँ जाने दुवै मार्ग अवरुद्ध भएपछि आफूहरू यहाँ रहेको गृहमन्त्री, मुख्यमन्त्री, सेनाका अधिकारीलगायतका सबैलाई जानकारी गराइसकिए पनि आफूहरू ४२ घण्टादेखि अलपत्र परेको र उद्धार हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.