क्रिकेटखेल

टी-२० त्रिकोणात्मक सिरिजमा नेपाल र ओमान भिड्दै

क्यानडामा जारी त्रिकोणात्मक टी –ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

शनिबार राति भएको उक्त शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । ओमानको भने टी–ट्वान्टी क्रिकेट शृङ्खलामा यो पहिलो खेल हो ।

आज दुवै टोली शृङ्खलाको पहिलो जीतको खोजीमा छन् । यसअघि क्यानडामा भएको क्यानडा, ओमान र नेपालसम्मेलित त्रिकोणात्मक एकदिवसीय शङ्खलाको तीन खेलमा नेपाल पराजित भएको थियो भने ओमान र नेपालबीचको दोस्रो खेल भने रद्द भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.