जन सरोकार

दिल्लीमा पक्राउ परेका इमेज सहकारीका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइयो

सहकारी रकम अपचलन गरी एक वर्षभन्दा बढी समयदेखि फरार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई भारतको नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको छ।

नगरप्रमुख नेपाली

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एवं एसपी होबिन्‍द्र बोगटीका अनुसार दिल्लीमा पक्राउ परेका इमेत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नेपालीलाई काठमाडौं ल्याइएको हो ।

पक्राउ परेका नेपालीसँगै ओमबहादुर नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । इमेज सहकारीमा ८ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ। देवकुमारविरुद्ध गत वर्ष माघ १० गते रेडकर्नर नोटिस समेत जारी भएको थियो।

उनीहरूविरूद्ध दुई अर्ब रकम अपचलनको आरोप छ। थप अनुसन्धानका लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाएको छ।

सहकारी ठगी : ढोरपाटन नगरपालिकाका मेयर दिल्ली प्रहरीको नियन्त्रणमा, नेपाल ल्याउने तयारी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.