एन आर एन न्युज

बाढी-पहिरो पीडितको राहतका लागि एनआरएनएद्वारा सहयोग आव्हान

गैरआवासीय नेपाली संघ (एनआएनए)ले गत शुक्रबार र शनिबारको अविरल वर्षापछिको बाढी, पहिरोमा परेकाहरुको सहयोगका लागि आव्हान गरेको छ ।

एनआरएनए सचिवालयले एक विज्ञप्तिमार्फत विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्सहित विभिन्न देशमा रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गरेको हो ।

विज्ञप्तिमा भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिको घटनाले मर्माहत उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

साथै यस प्राकृतिक विपद्मा परी घाइते हुनु भएकागर्दै एनआरएनएले बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित गरिएको छ ।

एनआरएनएले अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

एनआरएनएले बाढी पहिरो प्रभावितहरुको सहयोेगका लागि राहत संकलनका लागि NRNA Emergency Fund, Sanima Bank Limited Naxal, A\C: 024010010000633 मा उपलब्ध गराइदिनु आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.