जल/वातावरण

२४ घण्टाभित्र पिसीआर परीक्षण शुल्क समायोजन गर्ने कि कारबाहीमा पर्ने ?

सरकारले तोकेकोभन्दा दोब्बर शुल्कमा पिसीआर परीक्षण गरिरहेका उपत्यकाका ह्याम्स, स्टार, बि एण्ड बि लगायतका अस्पताल तथा प्रयोगशालाहरुलाई २४ घण्टाभित्र सरकारले तोकेको शुल्क समायोजन गर्न अल्मिेटम दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई सरकारले तोके अनुसार पिसीआर शुल्क समायोजन गर्न अल्टिमेटम दिंदै समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने चेतावनी दिएको छ

सरकारले भदौ २८ बाट आरटी(पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ । तर स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको बताउनुभएको छ ।

गौतमले उनीहरुलाई कोलोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह समेत गरेको जानकारी दिंदै सबै ल्याबहरुलाई गाइडलाइन विपरित परीक्षण नगर्न समेत आग्रह गरेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.