जन सरोकार

बिपी राजमार्गमा अलपत्र ३४ यात्रुको हेलिकप्टरबाट उद्धार

बाढीपहिरोका कारण बिपी राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका ३४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । सुनकोशीको गजुरीदहबाट उनीहरुको उद्धार गरिएको हो ।

हेलिकप्टर परिचालन

बिपी राजमार्गको नेपालथोक र मङ्गलटार बीचको भागमा अलपत्र परेका यात्रुलाई नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये एक विदेशी नागरिक रहेका छन् । उनीहरुलाई गजुरदहबाट उद्धार गरी काठमाडौँ पठाइएको हो ।

सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेका र काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेका सयौँ सवारीसाधन सडकमै थुनिएका थिए । नेपालथोकदेखि खुर्कोटसम्मको सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि नेपालथोकदेखि धुलीखेलसम्म सडक तत्काल खुलाउन कठिन भएपछि यात्रुको हेलिकप्टरमा उद्धार गर्न गृहमन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.