जन सरोकारस्वास्थ्य

सुरक्षा प्रदानको सहमति भएको भोलिपल्टै कुटिए केएमसीका चिकित्सक

शनिबार साँझ कार्यक्षेत्रमा सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका चिकित्सक र सरकारबीच सहमति भएपछि चिकित्सकहरु काममा फर्के लगत्तै आइतबार काठमाडौंमा कुटपिट भएको छ ।

समाचार अनुसा राजधानी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो ।

अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ओपीडीमा परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेका थिए । चिकित्सकको अवस्था भने सामान्य रहेको छ ।

ओपीडीमा भिडभाड भएको र आफन्तलाई बाहिर बस्नुस् भन्दा चिकित्सकलाई कुटिएको उहाँले बताउनुभयो । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.