जन सरोकार
पशुपतिनाथमा सुनको जलहरी राख्दा भ्रष्टाचार भएको ठहर, तीनजना बिरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथमा सुनको जलहरी राख्ने क्रममा एक करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा तीनजना बिरुद्ध मुद्दा दायर गरेको छ ।
ओगले आइतबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा र बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्