जन सरोकार

यात्रुलाई गन्तव्यमा लैजान नसकिने ठहर : अग्रिम टिकट बुकिङ बन्द गर्ने निर्णय

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढी, पहिरोका कारण राजमार्गहरु अस्तव्यस्त भएपछि यात्रुलाई गन्तव्यमा लैजान नसकिने ठहर सहित अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला यो अवस्थामा कुनै हालतमा यात्रुलाई गतव्यमा पुर्याउन नसकिने जनाउँदै अब दशैंको बुकिङ नै बन्द गर्न लागिएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले भन्नुभयो, “विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, बिपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवैपट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्‍याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?”

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताउँदै धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्नसक्ने अवस्था छैन, गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ ।” उहाँले भन्नुभयो ।

वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिला गर्न नहुनेमा उहाँले सरकारलाई सुझाव दिनुभयो । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दशैं पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताउनुभयो ।

आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उहाँले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उहाँले सुनाउनुभयो । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.