अर्थ

बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

यही असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण देशभरमा आएको बाढी र पहिरोका करीब १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान सरकारले गरेको छ ।

हेवाको पुल

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले १७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक भौतिक क्षतिबारे जानकारी दिनुभएको हो ।

अर्यालका अनुसार मंगलबार दिउँसोसम्म २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १ सय ५८ जना घाइते भएका छन् ।

बाढी, पहिरो र डुवानबाट सबैभन्दा बढी कृषि तथा पशुपक्षीतर्फ भएको अनुमान छ । सो क्षेत्रमा करीब ६ अर्बको क्षति भएको छ भने उर्जातर्फ ४ अर्ब क्षतिको अनुमान छ ।

यसै गरी मुख्य सचिव अर्यालले खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड र सिँचाईतर्फ २ अर्ब रुयैयाँ बराबरकको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.