खेलविविध

१९औं एसियाडमा नेपाल पदकको नजिक

चीनमा जारी १९औं एसियाली खेलकूद (एसियाड)मा नेपालले एउटा पदकको नजिक पुगेको छ । नेपालले कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

एसियाडमा पहिलो पटक सहभागिता जनाएको नेपालको महिला कबड्डी टिमले सोमबार बंगलादेशलाई ३७-२४ पहिलो खेलमा हराएपछि पदकको सम्भावना बलियो भएको हो ।

महिला कबड्डीमा कुल ७ टोली सहभागी भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छन् । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो ।

अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कांस्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१(१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६-८ को अग्रता लिएर खेल जितेको हो ।

नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ । समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।

नेपालले १९औं एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म कुनै पदक जित्न सकेको छैन । पदकविहीन हुने चिन्ता बढिरहेको बेला महिला कबड्डीमा नेपालले पदकको आशा राखेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.