क्रिकेटखेल

एसियाली खेलकूद क्रिकेट : क्वाटरफाइनलमा नेपालको भेट भारतसंग

चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालको भेट भारतसंग पक्का भएको छ । सो खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुनेछ ।

समूह एमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै विजेताका रुपमा क्वाटरफाइनलममा प्रवेश गरेको नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।

एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी २० आई खेल्ने भएको हो ।

अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.