प्रबास

विश्व साँस्कृतिक उत्सवमा नेपालको बेजोड प्रस्तुति, विदेशी दर्शकहरुद्वारा प्रशंसा

विजय थापा । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न विश्व साँस्कृतिक उत्सव २०२३ मा नेपालको प्रस्तुति बेजोड बनेको छ ।

सेप्टेम्बर २९ देखि अक्टुबर १ आइतबारसम्म आयोजना भएको उत्सवमा १८० राष्ट्रहरुबाट प्रतिनिधित्व गर्दै आफ्नो मौलिक संस्कृतिहरु प्रस्तुति गरेका थिए ।

उत्सवमा नेपालले अत्यन्तै सक्रिय र उत्साहजनक रुपमा सहभागिता जनाउदै विभिन्न जात जातिका नृत्यहरु प्रस्तुति गरेको थियो ।

अक्टोबर १ आइतबारका दिन बिहान १० बजे नेपालबाट १६५ जनाले विभिन्न जात जातिकाहरुको भेषभुषामा सामूहिक नृत्य ८ मिनेट भित्र आफ्नो बेजोड प्रस्तुति गरेका थिए ।

विश्व भरका विभिन्न संस्कृतिहरु बोकेका राष्ट्रहरुलाई एकै थलोमा जम्मा गरी एकै सुत्रमा बाँध्ने पहल आर्ट अफ लिभिङ्गका संस्थापक तथा आध्यात्मिक गुरु श्री श्री रविशंकरले गरेका हुन् ।

नेपालका उद्योगपति तथा सांसद बिनोद चौधरीले नेपालको तर्फबाट नृत्य प्रस्तुति पछि मन्तब्य राखेका थिए । त्यसपछि नेपालको नृत्य सामूहिक रुप मै नेपालको पहिचान सहित पोशाकमा उत्रिएका बिभिन्न जातजातिका समूहले नृत्य प्रस्तुत गरेका थिए ।

नेपालको नृत्य प्रस्तुतिपछि विदेशी दर्शकहरुले नेपालको जात जातिकाका नृत्य र पोशाकको मुक्त कण्ठले प्रशंसा गरेका छन् ।

नेपाली नृत्य समूहले करिव ८ मिनेटभित्र कुमारी नृत्य ,लाखे ,अष्ट मातृका ,नेवारी ,गुरुङ ,शेर्पा ,थारु ,तामाङ्ग ,झाक्री लगायत नृत्यहरु प्रस्तुत गरिएका थिए ।

सबै नृत्यका लागि नृत्य निर्देशक यज्ञमान शाक्यले प्रशिक्षण दिंदै ८ मिनेटभित्रमा नेपालका सबै जातजातिका नृत्यलाई अद्वितीय रुपमा प्रस्तुति गराउदै बिश्व सामु चिनाउन सफल भएका छन् ।

यसको सबै चाजो र तारतम्य मिलाउने जिम्मेवार नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसिसी) मेरिल्याण्डका अध्यक्ष सरोज देवी प्रजापतिले लिएकी थिइन् ।

प्रजापतिले आफ्नो सामाजिक संजालमा मेरो जीवनको असाधारण दिन भन्दै अत्यन्तै खुसी व्यक्त गरेकी छिन । यसमा जोडिने र बिशेष सहयोग गर्ने प्रति धन्यबाद दिएकी छिन ।

यो बृहत कार्यक्रममा नेपालको सहभागिता अपरिहार्यको महसुस गर्दै नेपाललाई सहभागिता गराउन पहल गर्ने नेपालको सांस्कृतिक टोलीको प्रायोजन राजेशबहादुर प्रधान तथा निभा माथेमा प्रधानले गरेका थिए ।

३ दिन चलेको उक्त उत्सवमा १८० राष्ट्रहरुबाट १७,००० कलाकारहरु सम्मिलित भई ६१ वटा नृत्यहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.