राजनीति

दुर्गा प्रसाईं एक लाख धरौटीमा थुनामुक्त

जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु एक लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।

दुर्गा प्रसाईं

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही रु ५०/५० हजार धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको काठमाडौँ अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो । प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.