जल/वातावरण

आज बुधबार भारी वर्षाको सम्भावना : शतर्कता अपनाउनु आग्रह

भारी वर्षाले ठूलो जनधनको क्षति पुर्याएको केही दिनमै नेपालमा पुनः भारी वर्षाको सम्भावना औंल्याउँदै सम्भावित क्षेत्रमा उच्च शतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले शतर्कता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराइले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

प्राधिकरणद्वारा जारी सूचनामा “असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै रहेको” जनाइएको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न प्रवक्ता भट्टराईले आग्रह गर्नुभएको छ ।

यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानामा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्न अनुरोध गरिएको छ ।

यसै गरी नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने सम्भावनालाई विचार गरी उच्च शतर्कता अपनाउनुहुन एवम् पहिरो जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.