राजनीति

आज सरकार विस्तारबारे छलफल हुन्छ : महरा

पाँच दलीय गठबन्धनको सरकार बनेको तीन महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलभित्रकै आन्तरिक किचलोले सरकारले पूर्णता नपाएपछि नेताहरु पटकपटक यसै विषयमा छलफल गरिरहेका छन् ।

यसक्रममा नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।” यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैँमा योग्य भएकाले उनीहरूको बारेमा छलफल भएको थियो ।

प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिनुभयो । माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.