सोनाम शेर्पा शेर्पा संघ जापानको अध्यक्षमा निर्विरोध चयन
शेर्पा संघ जापानको नयाँ नेतृत्वमा सोनाम शेर्पा चयन हुनुभएको छ । टोकियोको सिनओकुवो स्थित रोयल गार्डेन रेष्टुरेण्टमा सम्पन्न संघको १३ औ अधिवेशनले शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको हो ।
नवगठित कार्यसमितीका अन्य पदधिकारीहरुमा उपाध्यक्षहरुमा सोनाम शेर्पा, पासाङ शेर्पा, सोनाम शेर्पा महासचिव पासाङ रिन्जी शेर्पा, सहसचिव साङ्गे शेर्पा, कोषअध्यक्षमा दाफुरी शेर्पा चयन हुनुभएको छ ।
यस्तै नवनिर्वाचित कार्यसमिती सदस्यहरुमा आङफुरी शेर्पा, याङ्जी शेर्पा, फूर्ल्हमु शेर्पा, छिरिङ दिकी शेर्पा, जङ्बु शेर्पा, फूर्वा शेर्पा, गोल्मु शेर्पा, ङिमछिरी शेर्पा र कर्म ग्याल्जे शेर्पा रहनुभएको छ ।
कार्यसमितीमा अन्य थप सदस्य पछि नवनिर्वाचित कार्यसमितीले मनोनयन गर्ने जनाएको छ भने प्रवक्तमा फूर्वा शेर्पालाई जिम्मेवारी तोकिएको छ ।
निर्वाचन मण्डलका संयोजक तथा सल्लाहकार नवाङ शेर्पाले नव निर्वाचित कार्यसमितीको घोषणा गर्नुभएको थियो भने पूर्व अध्यक्ष तथा सल्लाहकार गेलु शेर्पाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
निर्वाचन मण्डलका संयोजक नवाङ शेर्पा, सल्लाहकार गेलु शेर्पा, नेफिन जापानका अध्यक्ष सञ्जिव चाम्लिङ राई, नेपाल पत्रकार महासंघका सचिव तथा पत्रकार शान्त पहरी लगायतले नव निर्वाचित कार्यसमितीलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष सोनाम शेर्पाले निवर्तमान कार्यसमितीलाई धन्यवाद दिंदै आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । घोषणा कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष दावा शेर्पाले गर्नुभएको थियो ।
महाधिबेशनमा संस्थाको प्रगति प्रतिबेदन महासचिव ज्यु नेपाल फर्कनुभएकोले अध्यक्ष दावा शेर्पाले नै प्रस्तुत गर्नुभएको थियो भने कार्यकाल भरि भएका आर्थिक गतिबिधि समेटिएको आर्थिक प्रतिबेदन कोषाध्यक्ष याङजी शेर्पाले प्रस्तुत गर्नुभएको थियो ।
कोरोना महामारीका कारण सिर्जना भएको असहज परिस्थितिका कारण शेर्पा संघ जापानको अधिबेशन केही महिना ढिलाइ भइ सम्पन्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्