राजनीति

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

नेकपा (एमाले) कोशी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ । उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ ।

मंगलबार बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार  उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.