अर्थ

ढुंगामुनी लुकाइराखेको थप चारकिलो सुन भेटियो

दोलखामा सुन तस्करीको अनुसन्धान गरिरहेको प्रहरीले जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा ढुंगामुनी लुकाइराखेको अवस्थामा थप चार किलो सुन बरामद भएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लुकाइराखेको यो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लामाबगरबाट तीन पटकमा ११ किलो सुन बरामद भएको छ ।

प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित पाँचजनालाई पक्राउ गरेको थियो । अरू व्यक्तिहरू फेला परेका छैनन् ।

पक्राउ पर्नेमा ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगर रहेका छन् ।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.