जन सरोकार

चितवनमा स्वास्थ्य संस्थामा अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली

चितवनमा स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो ।

टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल हुनुहुन्छ ।

यसै गरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्राडा सुदीपराज केसी, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा हुनुहुन्छ ।

त्यसै गरी नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाइ र निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी रहनुभएको छ भने सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने हुनुहुन्छ ।

सो अवसरमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा एवं बिरामीलाई प्रभावकारी चिकित्सकीय सेवा प्रदान गर्ने सन्दर्शमा प्रचलित ऐन कानुनको प्रावधान र चिकित्सकले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.