जन सरोकार

हिन्दु-मुस्लिम विवाद- नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु

बाँकेको नेपालगञ्जमा हिंसा भड्कन नदिन जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

असोज १४ गते सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले मङ्गलबार गरेको प्रदर्शनका क्रममा विवाद र तोडफोड भएपछि कर्फ्यु आदेश जारी गरेको हो ।

उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिनुभयो । सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो ।

यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

यसअघि आज बिहान नेपालगञ्जमा हिन्दु, मुस्लिम धर्मगुरु सहितको उपस्थितिमा शान्ति र सद्भावको अपिलसहित सद्भाव र्‍यालीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.