कलिउड

अनमोलले फिर्ता गरे वैनावापत लिएको १० लाख रुपैयाँ

चलचित्र ‘रावायण’मा अभिनय गर्ने भनेर वैना रकम लिएर काम नगरी ठगी गरेको अभियोगमा पक्राउ परेका नायक अनमोल केसीले हाजिरी जमानीमा रिहा भए लगत्तै निर्माताको रकम फिर्ता गरेका छन् ।

आइतबार हाजिरी जमानीमा रिहा भएका अनमोलले सोमबार चलचित्र ‘रावायण’का निर्मातालाई प्रहरीमार्फत आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

केसी उक्त रकम नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक निर्मात्री कटुवालको नाममा काटेर बैंकमा डिपोजिट गरेपछि भौचर प्रहरीमा बुझाएको समाचारमा जनाइएको छ ।

‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले १० लाख रुपैयाँ पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’का निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.