जन सरोकार

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए वापत महतोलाई सेवाग्राहीसँग रु २५ हजार घुस माग गरिरहेको अवस्थामा गत भदौ १९ गते पक्राउ गरिएको थियो । आयोगका अनुसार आरोपी महतोलाई बिगो बमोजिम कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.