क्रिकेटखेल

टी–२० त्रिकोणात्मक सिरिज : नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिल ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । नेपालको लागि कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालको लागि कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.