एन आर एन न्युजजापान

एनआरएनए जापानबाट बाढी पहिरो पीडितका लागि सहयोगको आव्हान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुको सहायताका लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

एनआरएनए जापानले एक विज्ञप्ति जारी गरी बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितका लागि सहयोग पुर्याउन बृहत आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको बताइएको छ ।

विज्ञप्तिमा यस अकल्पनी दुःखद घटनामा परी निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते जनहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकोप ब्यवस्थापन परोपकार तथा मानवीय सहायता विभाग, एनआरएनए जापानको संयोजनमा कार्यसमितिको कोषबाट १० मान येन राखेर अर्थसंकलनको थालनी गरिएको हो ।

एनआरएनएले यस पवित्र अभियानमा सम्पूर्ण जापानबासी नेपालीहरुमा आफूले सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै संकलित रकम बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रमा सहयोगमा छिटै हस्तान्तरण गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.