एन आर एन न्युज

एनआरएनए मलेसियाले मृतक खेलाडीका परिवारलाई जनही एक लाख सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मकवानपुरको सिस्नेरी पहिरोमा परी निधन भएका एन्फा यु १३ का खेलाडीका परिवारलाई खेलाडी परिवारलाई जनही एक लाख सहयोग गर्ने घोषणा गरेको छ ।

एनआरएनए एनसीसी मलेसियाका कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी एन्फा उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताउनुभयो ।

असोज १२ गते शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको हो ।

घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसै गरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो ।

एनआरएनए मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको जनाएको छ ।

अहिले पनि एन्फा उपाध्यक्ष लामासँग समन्वय भइरहेको जानकारी दिँदै एनसीसी मलेसियाका कोषाध्यक्ष लिम्बूले आउँदा दिनमा पनि आफूहरु नेपाली खेलकुदलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.