जन सरोकार

बिपी राजमार्ग दशैं अगाडि खुलाउन असम्भव

सरकारले यही असोज ११ र १२ गते भएको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण क्षति भएको बिपी राजमार्ग दशैं अगाडि खुलाउन असम्भव रहेको बताएको छ ।

बिपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउनसक्ने अवस्था पनि छैन ।

भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागको टोली बुधबार गरेको हवाई निरीक्षणपछि दशैं अगाडि खुल्ने अवस्था नरहेको निष्कर्षमा पुगेको हो ।

बुधबारको निरीक्षणपछि बिहिबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले अस्थायी रुपमा राजमार्ग सञ्चालन गर्न रोशी खोलाको वारिपारी गर्दै ट्र्याक खोल्न सकिए पनि यही दिनबाट सार्वजनिक गाडी चल्छ भन्ने अवस्था नरहेको बताउनुभयो ।

सचिव शर्माका अनुसार बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरु बिपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौं आउने विकल्प खोजिएको उहाँले बताउनुभयो ।

त्यो बाटो बढी घुमाउने भए पनि सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौं आउने रुट तुलनात्मक रुपमा छोटो पर्ने देखिएको र अहिलेका लागि विकल्प यो मात्र रहेको सचिव शर्माले बताउनुभयो ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि बिपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.