जन सरोकार

शिक्षकले विद्यार्थीको कानको जाली फुटाइदिए

गोरखाको एक विद्यालयका शिक्षकले ११ वर्षीय विद्यार्थीकोको श्रवणशक्ति गुम्ने गरी कुटपिट गरेका छन् । शिक्षकको कुटपिटबाट बालकको कानको जाली फुटेको छ ।

समाचार अनुसार गोरखाको महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार)को शिक्षको कुटाइबाट देब्रे कानको जाली फुटेको हो ।

विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ ।

‘बालककी आमा सर्मिला परियारका अनुसार छोराले साथीहरुबीच झगडा भएको थियो, छुट्याउने क्रममा सरले पिटनुभयो, छल्दाछल्दै कानमा लाग्यो भनेको तर रातभरी कान दुख्यो भनेर जचाउन लैजाँदा यस्तो भएको बताउनुभयो ।

जिल्लाकै आँपपीपल अस्पतालमा उपचार नभएपछि चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको थाहा भएको थियो ।

शिक्षक पोखरेल आफूहरुले छुट्टयाउने काम मात्र गरेको दाबी गर्दै भन्नुभयो, एक्कासी दुई वटा बच्चा लडे, त्यसपछि छुट्याएको मात्र हो पछि राम सर आएर घाइते भएकोलाई बाहिर लिएर जानुभयो, अरु मैले केही गरेको छैन ।

प्रधानाध्यापक कृष्ण न्यौपानेले विद्यालयमा घटना भएकाले सरहरुले नियतवस नगरे पनि यस प्रति आफूहरु जवाफदेही रहनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.