जन सरोकार

आठ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत तनहुँले दाइलाई जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले ८ वर्षीय बहिनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो ।

राज्यप्रति आक्रोश पोख्दा...

जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमका अनुसार तनहुँको भानु नगरपालिकाका ८ वर्षीय सहोदर बैनीलाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैलला भएको र अभियुक्त बालक भएकाले ५० प्रतिशत छुट गरी १४ वर्ष ६ महिना कैद हुने गरी फैसला भएको छ ।

आरोपितले आफ्नी बहिनीलाई २०७८ चैत २५ गते बलात्कार गरेको भन्दै पीडितको आमाले इलाका प्रहरी भानुमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यसै गरी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भई भानु नगरपालिका –९ बडहरे बस्ने २६ वर्षीय कर्णबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.