जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

काठमाडौँसहित देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय रूदिप ठकुरी समेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय धनन्जय खनाल समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय ३० रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस्तै तनहुँ, म्याग्दे गाउँपालिका-७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ५८ वर्षीय कृष्ण चन्द्र थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यता सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१८ बस्ने ३२ वर्षीय किसन घिमिरे समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ३ सय १५ रूपैयाँ, १३ बुक तास र मोबाइल ४ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.