जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

मोरङ, दाङ, काठमाडौँ, सिराहा र बाँकेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, बिराटनगर महानगरपालिका-१८ स्थित सडकमा ना.४ ख २४८३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही महानगरपालिका-१८ लवाघाट बस्ने ६० वर्षीय श्याम साहको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, लमही नगरपालिका-५ लमही बजार नजिकै सडकमा रा.६ प ५४३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ कुलमोर बस्ने ४६ वर्षीय मंगल कामीको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता काठमाडौं, कीर्तिपुर ल्याबरेटोरी सुन्दरीघाटस्थित सडकमा बाग्मती प्रदेश ०२-०३६ प ७७४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सिराहा, बरियारपट्टि गाउँपालिका-२ त्रिशुला पुलस्थित सडकमा बीआर ३२ एजि ४७०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक भारत मधुवनि लदनिया थाना ग्राम पञ्चायत एकरी बस्ने ३२ वर्षीय रामबावु शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

उता बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनी चोक नजिकै कम्दिदेखि नेपालगंजतर्फ आउँदै गरेको लु.प्र ०३-००१ प १६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक दैलेख भगवतिमाई गाउँपालिका-५ कट्टीमुलुका बस्ने २२ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.