राजनीति

गुणस्तरीय स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।

स्वास्थ्यमन्त्री बस्नेत

बुधबार दाङको घोराहीमा राष्ट्रिय जनसङ्ख्या स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक तथा डेङ्गु तथा मातृ मृत्युदरसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले गरिब तथा विपन्न समुदायलाई लक्षित गरी निजी अस्पतालमा पनि निःशुल्क श्यया उपलब्ध गराइएको बताउनुभयो ।

“निजी अस्पतालले गरिब तथा विपन्नलाई दश प्रतिशत श्यया निःशुल्क नछुट्याउनुपर्छ, त्यसो नगरे नवीकरण हुँदैन”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले कुनै अस्पतालले सरकारको निर्देशन पालना नगरेको पाइए कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

मन्त्री बस्नेतले अस्पतालमा जनशक्ति बढाउने र उपकरण थप्नका लागि आफू लागिपरेको भन्दै सरकार आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने अभियानमा रहेको र सरकारको यस अभियानलाई सहयोग गर्न निजी अस्पताललाई आग्रह गर्नुभयो ।

चिकित्सा शिक्षा विधेयक परिमार्जनको तयारी भइरहेको र त्यसमा प्रधानमन्त्री र चिकित्सा शिक्षा आयोगका अध्यक्ष पनि सकारात्मक रहेको मन्त्री बस्नेत भनाइ थियो । स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने सरकारको योजना रहेको भन्दै उहाँले अबको छ महिनाभित्र चिकित्सा शिक्षा विधेयक संशोधन गरेर स्वास्थ्य क्षेत्रको सुधारका लागि दरबन्दीसँगै उपकरण थप गरिने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश र सङ्घीय अस्पताललाई सुविधा सम्पन्न बनाएर जनतालाई सेवा दिने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका एक सय नौ स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखको सहभागिता थियो ।

यसैक्रममा मन्त्री बस्नेतले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित सुविधा सम्पन्न आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले भौतिक संरचना राम्रो भएको र अब सेवा पनि राम्रो बनाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.