क्रिकेटखेल

एनपिएल : शक्ति गौचन लुम्बिनीको कन्सल्टेन्ट प्रशिक्षक

आगामी मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को सहभागी आठ टोलीले प्रशिक्षक तथा टिमको लोगो सार्वजनिक गर्ने क्रम सुरु भैसकेको छ ।

यसै क्रममा एनपिएल टोली लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

लुम्बिनी लायन्सका‌ मालिक ईश्वर जिसी र गौचनले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । लुम्बिनीले सम्झौतालाई एक वर्षको रहेको र भविष्यमा समेत निरन्तरता पाउने बताइएको छ ।

एनपिएलको आयोजनाले क्रिकेट खेलाडीको व्यावसायिकता र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै गौचनले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई धन्यवाद दिनुभयो ।

उहाँले आफूलाई मौका दिएको लुम्बिनीलाई धन्यवाद दिँदै टोलीलाई जिताउन सक्दो प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली‌ क्रिकेटमा गौचनको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।

यसै गरी लुम्बिनीका मालिक जिसीले गौचनलाई टोलीमा समावेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो । लुम्बिनीका मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.