विश्व समाचार

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ ।

नोबेल साहित्य पुरस्कार

स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय फोसालाई व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने शैलीका लागि पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको हो ।

फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्नुहुन्छ, जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उहाँले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिनुहुन्छ ।

फोसाको लेखनलाई ‘विषयवस्तुभन्दा रूपले बढी परिभाषित गरिएको छ, जहाँ जे भनिएको छैन त्यो प्रायः के हो भन्दा बढी प्रकट हुन्छ’ । फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिनुभएको छ ।

फोसाको जन्म सन् १९५९ मा भएको हो । उहाँका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।

यसअघि नोबेल पुरस्कार समितिले सन् २०२३ को चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फका विजेताको घोषणा गरेको थियो ।

अब शुक्रवार शान्ति र सोमवार अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.