राजनीति

प्रधानमन्त्री-उपप्रधानमन्त्रीको तामझामको आलोचना

सुदूरपश्चिमको बझाङमा गएको भूकम्प पीडितहरुको अवस्था बुझ्न गएका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री लगायतका सरकारी टोलीले देखाएको ठाँटबाठको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

भूकम्पग्रस्त क्षेत्रको निरीक्षण तथा राहत, उद्धार र घाइतेको स्वास्थ्य उपचारको अवस्थाबारे बुझ्न गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतको टोली बसेको फोटो सार्वजनिक भएपछि आलोचना भएको हो ।

भूकम्प पीडित क्षेत्रमा गएका प्रधानमन्त्री तथा मन्त्रीहरु खुला चौमा लचकदार सोफा, त्यसअघि बुट्टादार कपडाले ढाकेको टेबलमा ठाँटसंग बसेर घटनाको विवरण सुनिरहेको फोटोले पिकनिक मनाउन गएको जस्तो भान दिएको छ ।

विश्वका शक्तिशाली देशका राष्ट्र तथा सरकार प्रमुखहरु प्राकृतिक विपत्तिको निरीक्षणमा जानेहरु आफूलाई पीडितको पीडालाई आत्मसात गदै सामान्य किसिमबाट जाने गर्दछन् ।

तर, नेपालमा भने आफूलाई जनताभान्दा माथी राख्ने शासकीय चरित्रका कारण जस्तोसुकै अवस्थामा पनि जवर्जस्ती मान, सम्मान खोज्ने र त्यस्तै मानसम्मान गर्ने प्रशासनको दास मानसिकता हावी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.