क्रिकेटखेल

नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै (खेलाडीको नामावलीसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन (खेलाडी खरिद बिक्री प्रक्रिया) आइतबार काठमाडौंमा हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको फ्रेन्चाइज प्रतियोगिताको अक्सन आज दिउँसो २ बजे सुरु हुनेछ ।

अक्सनका लागि चार सय २६ जनाले नाम दर्ता गराए भने अक्सनको लागि १४४ जना खेलाडीको नाम छनोट गरिएको छ । अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ ग्रेड बनाइएको छ ।

जसमा ‘ए’ ग्रेडमा २७, ‘बी’ ग्रेडमा ३८ र ‘सी’ ग्रेडमा ७७ खेलाडीको सूची समावेश रहेको छ । यसअघि नेपाली क्रिकेट संघ (क्यान)ले खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गर्दै असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको थियो । जसमा ‘ए’ ग्रेडको खेलाडीको न्यूनतम मूल्य १५ लाख रुपैयाँ, ‘बी’ को ५ लाख र ‘सी’को २ लाख तोकिएको छ ।

यसअघि नेपाली क्रिकेट संघ (क्यान)ले खेलाडीहरूलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गर्दै असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको थियो । जसमा ‘ए’ ग्रेडको खेलाडीको न्यूनतम मूल्य १५ लाख रुपैयाँ, ‘बी’ को ५ लाख र ‘सी’को २ लाख तोकिएको छ ।

यस अक्सनमा नेपाली खेलाडीहरू टिमहरूद्वारा चयन गरिनेछन् भने विदेशी खेलाडीहरू भने टिमहरूले सिधै अनुबन्धन गर्न पाउनेछन् ।

एनपीएलका लागि घोषणा गरिएका आठ टिमहरूमा काठमाडौँ किङ्स, पोखरा राइडर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, लुम्बिनी लायन्स, जनकपुर ग्लाडिएटर्स, बुटवल ब्लास्टर्स, र वीरगञ्ज पैंथर्स रहेका छन् र क्यानले यसअघि नै लक्की ड्र मार्फत मार्की खेलाडी छनोट गरिएको थियो ।

जसमा काठमाडौंको मार्की खेलाडीमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी छनोट भएका थिए ।

आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म‌ आयोजना हुने एनपीएलका आठ मार्की खेलाडी हरेकले २० लाख पारिश्रमिक पाउने छन् । साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने क्यानले बताएको छ ।

अक्सनमा एक टोलीले कुल ९० लाख खर्च गर्नुपर्ने हुन्छ । अक्सनको लाइभ नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट हुनेछ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.