साहित्य

भ्रमको भूँमरीले छचल्किएको जिन्दगी

काय देह शरीर, मन-बुद्धि आत्मा अनि परमात्मा
चर्म चक्षु , ज्ञान चक्षु अनि मन चक्षुको विश्वासमा
भौतारिँदै अशान्तिमै झैँ शान्त कुन कुन लोकको बास
माकुराको जालो, उज्यालो नै कालो, भ्रमको भूँमरीले छचल्किएको जिन्दगी ।

नजर यहाँ, केन्द्र आफू, ठूला साना अनि बराबरको
बगरमा छरिएका बग्रेठोझैँ, अलमल सराबर भो
मापक अनि मापदण्ड, काँटा बिनाको तराजु लिई
माकुराको जालो, उज्यालो नै कालो, भ्रमको भूँमरीले छचल्किएको जिन्दगी ।

शायद, आफूले आफैंलाई भन्दा अरुलाई चिन्न पोख्त भई
उपदेश, सल्लाह, सुझाव र मार्गदर्शनको हतियार लिई
प्यासी प्यास बोकी रसस्वादनको मृगतृष्णालाई पाली
माकुराको जालो, उज्यालो नै कालो, भ्रममा भूँमरीले छचल्किएको जिन्दगी ।

न आगमन चाहना थियो, न बहिर्गमन नै हो चाहना
खोजी यहाँ भौतिकी ईश्वरता सच्चितानन्द बाहना
भकारी सानो भित्री डुहुरेले खाएको खोस्टाहरु बटुली
माकुराको जालो, उज्यालो नै कालो,भ्रमको भूँमरीले छचल्किएको जिन्दगी ।

ओहो ! रहस्य,! रोजी रोजी, परम ईश्वरको खोजी
ध्यान, जप, दर्शन र शास्त्र दौरा न सौराको गोजी
प्रकृति हो रे सम्पूर्ण शक्ति मानी लगाउँछन् दिल्लगी
माकुराको जालो, उज्यालो नै कालो, भ्रमको भूँमरीले छचल्किएको जिन्दगी ।

– गोकर्णेश्वर-९, आरुबारी

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.