राजनीति

विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् न्यूनीकरण र त्यसको सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत वितरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट गर्नुभयो ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.