जन सरोकार

नेपाल–म्यान्मा परामर्श संयन्त्र बैठक हुँदै

नेपाल र म्यान्माबीचको विद्यमान दौंत्य सम्बन्धलाई अझ सुदृढ तुल्याउने उदेश्यले दुवै देशका परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मामा हुने भएको छ ।

नेपाल–म्यान्मा उद्योग वाणिज्य सङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि म्यान्माका राजदूत सेङ उले उक्त जानकारी दिँदै व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवद्र्धनमा आफू क्रियाशील रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यान्माको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदूत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभयो ।

बौद्धमार्गी म्यान्माका नागरिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न इच्छुक रहेकाले म्यान्मा–नेपाल सिधा उडान आवश्यक भएको अध्यक्ष अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.