विश्व समाचार

स्पेनका पूर्व राजा जुआन कार्लोस प्रथमविरुद्धको यौन दुव्र्यवहारको मुद्दा खारेज

स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमको एक पूर्व प्रेमीले गरेको उत्पीडनको आरोपको बेलायती एक न्यायाधीशले लण्डनमा सुनुवाइ हुन नसक्ने फैसला सुनाएपछि पूर्वराजा कार्लोस प्रथमले स्वागत गर्नुभएको छ ।

स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथम

इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायन–विट्गेन्स्टाइन–सायनले जुआन कार्लोसविरुद्ध१२ करोड ६० लाख पाउन्ड (१५ करोड ४० लाख अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्नुभएको थियो ।

सन् २०१४ मा राजगद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजाले जासुसी र उत्पीडन गरेर आफूलाई ‘ठूलो मानसिक पीडा’ दिएको सायनको आरोप छ ।

न्यायाधीश रोवेना कोलिन्स राइसले पूर्व राजाविरुद्ध दायर भएको दिवानी मुद्दालाई अस्वीकार गर्नुभएको छ । “इङ्ल्यान्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन,” उहाँले आफ्नो लिखित फैसलामा भन्नुभएको छ ।

न्यायाधीस राइसले भन्नुभयो, “यस्तो परिस्थितिमा विदेशी मूलका प्रतिवादीमाथि अङ्ग्रेजी क्षेत्राधिकारको धारणालाई समर्थन गर्ने कुनै पनि अधिकारी देखिएन ।”

“जु सायन–विट्गेन्स्टाइन–सायनले उजुरी गरेको ‘वैयक्तिक जीवनमा ठूलो मानसिक पीडा दिएको घटना’ इङ्ग्ल्याण्डमा भएको थियो भनेर पर्याप्त आधार स्थापित गर्न सकेकी छैनन्,” फैसलामा उल्लेख गरिएको छ ।

“स्पेनका पूर्व राजाले यो निर्णयको स्वागत गर्नुभएको छ । फैसलाले ‘आफू निर्दोष रहेको पुष्टि गर्दछ’ र ‘थप सार्वजनिक उपस्थिति’ को लागि मार्ग प्रशस्त गर्दछ,” पेरिसस्थित उहाँका प्रचारकहरूले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.