कोशीप्रदेश

कोशी प्रदेशमा कार्कीको निरन्तरता कि अर्को सरकार ?

राजनीतिक अस्थिरताको चरम शिकार हुँदैआएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।
प्रदेशसभाको शनिबार दिउँसो १ बजे बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।  मुख्यमन्त्री कार्कीले यसअघि गत भदौ २२ गते साँझ पद तथा गोयनीयताको शपथ लिनुभएको थियो ।
कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा ९एमाले० का उपसभामुखसहित ४०, नेकपा ९माओवादी केन्द्र० का १३, नेकपा ९एकीकृत समाजवादी० का चार, जसपा एक र राप्रपाका छ जना प्रदेशसभा सदस्य छन् ।
सत्तापक्ष नेकपा ९एमाले० नेतृत्वको सरकारलाई नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार सरकारलाई विश्वासको मत नदिने सार्वजनिक गरिसकेको छ भने अन्य पार्टीले विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.