राजनीति

कोशी प्रदेशमा अल्पमतको सरकार कि मध्यवधि निर्वाचन ?

कोशी प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत लिनु अगावै राजीनामा दिनुभएको छ । कार्कीको राजीनामासंगै प्रदेशसभामा अल्पमतको सरकार गठनको ढोका खुलेको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले आज शनिबार विश्वासको मत लिने कार्यतालिका थियो ।

यसैका लागि प्रदेशसभाको बैठक राखिएको थियो । तर, मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको हो ।

कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री कार्कीले नेकपा (एमाले) संविधानको सर्वोच्चताको पक्षमा जहिले पनि उभिने प्रतिवद्धता व्यक्त गर्दै कोशी प्रदेशका जनताले निर्वाचन नचाहेकाले राजीनामा दिएको उल्लेख गर्नुभयो ।

उहाँले अहिलेको नजिर र जटिलताको नजरअन्दाज भएमा मध्यावधीमा जाने निश्चित रहेको उल्लेख गर्दै निर्वाचनलाई रोक्न तथा स्थिर सरकार बनाउन राजनीतिक दलहरुबिच सहमति सहकार्य र एकता हुनु आवश्यक छ भन्नुभयो ।

कोशी प्रदेशसभामा नेपाली कांग्रेसका २९, नेकपा (एमाले) का उपसभामुखसहित ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार, जसपा एक र राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.