कला/मनोरन्जनकलिउड

विष्णु खत्रीको ‘दशैं आइसक्यो’ गीत सार्वजनिक (भिडियो)

आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन
तिरेरै गाछैन पोहोर सालकै ऋण
दशैं आइसक्यो,
रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो ।

दसैँ आइसक्यो

यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ‘दशैं आइसक्यो’ गीत सार्वजनिक गर्नुभएको छ । गीतमा गरिबीका कारण दशैं मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ ।

विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय/शब्द स्वयं गायक खत्रीकै छ । गीतको सङ्गीत संयोजन कृष्ण विकले गर्नुभएको छ ।

गायक खत्रीले यस अघिका दशैंहरुमा ‘दशैंमा आउ प्यारा’, ‘दशैं तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दशैं तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दशैंसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याउनुभएको थियो ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.