राजनीति

राष्ट्रिय पुस्तक नीति- पठन संस्कृति विकासमा महत्त्वपूर्ण हुनेछ : मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कमजोर हुँदैगएको पठन संस्कृतिको विकासमा अब बन्ने राष्ट्रिय पुस्तक नीति २०८१ महत्वपूर्ण हुने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित पुस्तक नीतिमाथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने क्रममा मन्त्री भट्टराईले सो धारणा राख्नुभएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालय‌लाई अत्यावश्यक पुस्तक सहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गर्नुभयो ।

पुस्तक नीतिलाई अन्तिम रूप दिन बृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै उहाँले सुझाव सङ्‌कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने भट्टराईले बताउनुभयो ।

मन्त्री भट्टराईले लेखक, प्रकाशकलाई मानव पूँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर पुस्तकको महिमा बढाउन सकिने बताउनभयो ।

उहाँले पठन संस्कति बढाउन समुदाय स्तरमा प्रशस्त मात्रामा पुस्तकालयको आवश्यकता बोध गराउनुपर्ने र यसका लागि राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने भएकाले छिट्टै लागू गरिने बताउनुभयो ।

अन्तरक्रियामा प्रतिनिधि सभा सदस्य मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभई होटल, रेस्टुरेन्टमा समेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमा समेत पहुँच बढाएर गुणस्तरिय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रीत हुनुपर्ने बताउनुभयो।

अन्तरर्क्रीयामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ, विभिन्न प्रकाशनहरू, काठमाडौं उपत्यका सार्वजानिक पुस्तकालय सहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल, डिल्लीरमण रेग्मी पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता सङ्‌घ, नेपाल सामुदायिक पुस्तकालय सङ्घ, त्रिवि केन्द्रीय पुस्त‌कालय, नेपाल पुस्तकालय सङ्‌घ, मन्त्रालयका कर्मचारी लगायतको संलग्नता थियो ।

पुस्तक नीतिका लागि वि.सं. २०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भए पनि हालसम्म स्वीकृत हुन सकेको छैन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.