एन आर एन न्युज

काभ्रेका चारसय एक परिवारलाई एनआरएनएद्वारा राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ ।

गैरआवासीय संघ केन्द्रको आह्वान तथा राष्ट्रिय परिषद यूकेको आर्थिक सहयोगमा बाढी तथा डुबानका कारण प्रभावितहरुलाई खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

स्थानीय निकायुंग समन्वय पश्चात वडा नम्बर १ का १२३ परिवार २ का ५३ परिवार ३ का २५ परिवार र १२ मा २०० परिवारलाई राहत वितरण गरिएको हो ।

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।

जसअनुसार एनसीसी यूकेले रू १५ लाख सहयोग गरेको थियो । यसअघि हिजो दक्षिणकाली, सिस्नेरीमा राहत वितरण गरिएको थियो । यस्तै बुधबार ललितपूर ठोस्नेखोलामा राहत वितरण गर्ने तयारी पूरा भएको छ ।

संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्तानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ ।

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीमा उपाध्यक्ष रामशरण सिम्खडा, उपाध्यक्ष रोजिना प्रधान राई, युवा संयोजक सुपेन्द्र घिसिङ, अमेरिकाजका महिला डिआरसी इन्दिरा त्रिपाठी, मनार्थ सदस्य यदुराज पन्थी, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहकार गोबिन्द गौतम, एनआरएन अभियन्ता समिरा केसी, स्वयम्भूराज डंगोल, प्रदीप खनाल संघका सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्र लक्ष्मी घिमिरे अधिकृत रुपक लामिछाने जुनियर अधिकृत निरोज महर्जन लगायत थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.