पूर्व विद्यार्थीले गरे अरुणोदय उमाविलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ का कारण सबभन्दा बढी जोखिममा रहेका बालबालिकाहरुको स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थीहरुले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।