कला/मनोरन्जनकलिउड

बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड

पत्रकार बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न चौथो पिम नेपाल फिल्म फेष्टिवल २०२१ का अवसरमा सुबेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

चलचित्र पत्रकारिता गर्दै आएका बिभिन्न पत्रकारहरुबीचको उक्त प्रतिष्पर्धामा सुबेदी उत्कृष्ट घोषित भएका हुन् । सुबेदी टिभी फिल्मी र लेन्सनेपाल डटकमसँग आवद्ध छन् ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको उक्त फेष्टिवलमा प्रमुख अतिथी गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, बिशिष्ट अतिथीहरु राष्ट्रिय गानका रचयिता ब्याकुल माइला, एनआरएनएका उपाध्यक्ष कुल आचार्य, कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतले सुबेदीलाई अवार्ड प्रदान गरेका थिए

यस्तै फेष्टिवलमा लभ डायरिजले उत्कृष्ट चलचित्र रजलेश्वर झर्ना झोरले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड प्राप्त गरेका छन् । यस्तै फेष्टिवलमा अन्य केही विधामा पनि अवार्ड प्रदान गरिएको थियो । कोभिड १९ स्वास्थ्य मापदण्डका कारण फेष्टिवलमा सहभागी चलचित्रहरुको अनलाइन प्रदर्शनि गरिएको आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.