राजनीति

‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्नुपर्छ’

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षा कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश (२) को प्रथम प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले प्रजातन्त्र स्थापनाका लागि राणाकालदेखि सङ्घर्ष गर्दै आएको पार्टीले नै लोकतन्त्रको रक्षा गर्न सक्ने दाबी गर्नुभयो ।

लामो इतिहास बोकेको कांग्रेसलाई बिग्रन दिन नहुने बताउँदै प्रदेश सभापति शर्माले पार्टीभित्रबाटै निष्ठावान र इमान्दार नेता खोज्दै भ्रष्ट र माफियालाई पाखा लगाउनुपर्नेमा जोड दिनुभयो । “कांग्रेसको विरासतलाई गिर्न नदिन नेता तथा कार्यकर्ता सच्चिन जरुरी छ”, उहाँले भन्नुभयो, एकअर्कालाई दोषारोपण गर्नुभन्दा आफैँबाट सच्चिन आवश्यक छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले लोकतन्त्रको रक्षाका लागि ठूलाठूला समस्याको समाधान कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसका कार्यकर्ता राजनीतिमा मात्र भन्दा पनि उद्यमशीलतामा जोडिँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.