जन सरोकार

जनकपुर बिग मार्टमा आगलागी हुँदा करोडौँको क्षति

धनुषास्थित जनकपुर बिग एक मार्टमा गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित सो मार्टमा अकस्मात् लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको छ ।

जनकपुर बिग मार्ट

जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

आगलागीबाट मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको सञ्चालक रामबाबु रायले जानकारी दिनुभयो । उहाँले आगलागीबाट रु १० करोडभन्दा बढीको क्षति पुगेको बताउनुभयो ।

सञ्चालक रायले भन्नुभयो “हामीहरु मार्टको दोस्रो तलामा बसिरहेको थियाँै । मार्टभित्र आगो लागेको थाहा भएपछि परिवारसहित भागेर ज्यान बचाउन सफल भयौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.