राजनीति

नेपालमा राजदूतावास खोल्न क्यानडेली प्रधानमन्त्रीलाई पत्र

नेपालीहरुका लागि आकर्षक गन्तव्य बने पनि नेपालमा क्यानडाको राजदूताबास छैन । नेपालमा दूताबास नहूँदा भ्रमण प्रक्रियाका सबै काम भारतबाट गर्नुपर्छ ।

दुई मुलुकबीच झण्डै ६० वर्षअघि दौत्य सम्बन्ध स्थापना भए पनि नेपालले सन् २००९ मा क्यानडामा दूताबास खोल्यो भने क्यानडाले अहिलेसम्म खोलेको छैन । नेपाल र क्यानडाबीच सन् १९६५ जनवरी १८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो ।

दुई मुलुकबीच दौत्य सम्बन्धको लामो इतिहास भए पनि नेपालमा क्यानडाको दूताबास नहुँदा समस्या परेको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो समक्ष दूताबास खोल्न आग्रह गर्दै पत्र पठाएको छ ।

सरकारले क्यानडाको दूताबास खोल्न पहल नै नगरेका बेला मोर्चाले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डलाई बोधार्थ गरिएको पत्रमा नेपालीलाई क्यानडाको भिसा लिन दिल्ली जानुपर्ने बाध्यता हरेक दृष्टिकोणबाट पीडादायक रहेको उल्लेख गरिएको छ ।

पत्रमा भनिएको छ, आर्थिक भार, भौगोलिक दूरी र व्यक्तिगत सुरक्षाका कोणबाट हेर्दा भिसा लिन दिल्ली पुग्नु धेरै झन्झटिलो, असुरक्षित र खर्चिलो छ । क्यानडाको आवासीय राजदूतावास काठमाडौंमा स्थापना गरिएमा कूटनीतिक हिसाबले मात्रै होइन, मानवीय दृष्टिले पनि निकै उपयोगी हुनेछ ।

मोर्चाले नेपालमा दूताबास खोलेमा नेपाल र क्यानडाबीचको सम्बन्धलाई व्यावहारिक रूपमा नयाँ उचाइमा पुर्‍याउने र नेपालबाट क्यानडा जानचाहने मानिसहरूका साथै नेपालबाट घर फर्किने क्यानडाली नागरिकहरूसमेत धेरै लाभान्वित हुने उल्लेख गरेको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले लेखेको पत्रमा दुई मुलुकबीच रहेको घनिष्ठ सम्बन्धलाई अरु उचाईमा पुर्याउन र नेपालीहरुले भोगिरहका समया हटाउन नेपालमा क्यानडाको आवासीय राजदूतावास खोल्ने व्यवस्था अविलम्ब गरिदिन प्रधानमन्त्री जस्टिनलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.